गजल

गजल

उमङ्गको लहर ,संसारमा आओस् ,नयाँ वर्षमा
जीवनमा वहार ,सबैको छाओस् ,नयाँ वर्षमा

सम्बन्धको ,सिक्री चुँडिएको पनि ,हुन सक्छ
मनले मनको, साथ चाँडै पाओस् ,नयाँ वर्षमा

ठूलाको मात्र ,भएका छन् ,ठुलैखाले वास्ताहरू
झुपडी तिर ,पनि ध्यान जाओस् ,नयाँ वर्षमा

बोलवाला, हुँदैछ अचेल ,सहरिया प्रवृतिको
पवित्र पिरती, गाउँसँग लाओस् ,नयाँ वर्षमा

आक्रान्त छन् ,जनताहरू ,पाउनु पर्ने नपाएर
विकासको फल ,सबैले खाओस् ,नयाँ वर्षमा

राजु आचार्य दीप
इच्छाकामना गा.पा, १, चितवन ।
हाल माडी (६), चितवन ।