मेरो देश

मेरो देश

आहाले चौतारा,बौलाइ चौतारा
सान्जेठी चौतारा अनि जम्देरी चौताराहरु
परलोक गएको पनि दशक नाघिसकेछ।
तिनका सन्ततिको पनि भ्रुण हत्या गरिएछन ।
बुढा बा`को लौरिहरु अलपत्र छन गाउभरी
गिताङ्गे जङलहरु पनि उराठ- उराठ
भेडिगोठका छानाहरु चुहिएको बर्सौ भैसकेछन ।
गाउका खहरे खोलाहरु
गैरिखेतमा पाइलो टेक्न नपाएकोमा दुखी छन ।
कन्कृट्का जङलहरु प्यार गर्छन मान्छेलाइ
मान्छेहरु प्यार गर्छन कन्कृट्का जङलहरु ।

विश्व बिपद, महामारी र रोगब्यादिहरु
ढ्याङ्ग्रो ठोक्छन मुटुभित्र
सस्तो लोकप्रीयताका तुइनहरु चढेर
मुहारे किताबका बाटोहरु पछ्याउदै
राहतका झोला
झोला भन्दा ठुला- ठुला बिज्ञापनहरु बोकेर
जान्छन जन- जनको घर घरमा
मतपेटिका का लावा लस्करहरु ।

चौतारी हरु चिनिरहे,
बिज्ञापनका थोत्रा झोलाहरु
थोत्रै मुल्यमा बेचिदिए,
बुढा बा का लौरिहरु टेकेर
गिताङ्गे जङल र भेडिगोठ सङ रम्दै- रम्दै
टारिखेत र खहरेको जमघट्मा
कन्कृटका जङ्गलहरु परित्याग मात्रै गरे
बिपद र महामारिहरु
कोरोना , इबोला र रुबेलाहरुले
शान्तिको बाटो बनाउथे मेरो देश ।

बिकाश त्रिपाठी
इच्छाकामना -४ कुरिनटार चितवन