गोरखाको गण्डकी गापा प्रवेश गर्ने पुल र सडकमा रहेको अवरोध हटाउन निर्देशन

गोरखा : गण्डकी गाउँपालिकाद्वरा गाउँपालिकाभित्र छिर्ने नाकाहरुमा गरिएको सम्पूर्ण अवरोध हटाउन निर्देशन गरिएको छ । आज गण्डकी गाउँपालिकाका अध्यक्ष होम बहादुर रानाले एक सुचना जारी गर्दै स्थानीयहरुलाई अवरोध हटाउन निर्देशन दिनुभएको हो ।
गाउँपालिकाभित्रै एक वडाबाट अर्को वडामा र एक गाउँ टोलबाट अर्को गाउँटोलमा अतिआवश्स्यक कामले र विरामी बोक्ने एम्बुलेन्स एंव विरामी बोक्ने अन्य सवारी साधनहरुलाई असाध्यै असहज भएको गुनासो आएकोले गाउँपालिका भित्र विभिन्न ठाउँमा रािखएका सबै प्रकारका अवरोधहरु हटाउन अुरोध गरिएको अध्यक्ष रानाले बताउनुभयो ।
सबै वडाका वडाध्यक्ष हरुलाइ सडक एंव गोरेटो बाटोमा राखिएका सबै प्रकारका अवरोधहरुलाई हटाउन सहजीकरण निर्देशन दिएको उहाँले बताउनुभयो । त्यस्तै गण्डकी गाउँपालिकाभित्र रहेका झोलुङ्गे पुलहरुमा राखिएका छेकबारहरु पनि हटाउन निर्देशन दिएको छ । अवरोध नहटाए प्रचलित कानुन अनुसार सुरक्षा निकायको सहयोगमा गाउँपालिका परिवार अगाडी बढ्ने अध्यक्ष रानाको भनाई छ।
सुचना
विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न सम्पूर्ण गाउँपालिकाबासी आमा, बुबा, दाजुभाई तथा दिदी बहिनीहरुले आ–आफ्नो तबरबाट अपनाउनुभएको सजगता एंव सर्तकताको लागि गाउँपालिका परिवार एंव मेरो व्यक्तिगत तर्फबाट यहाँहरुलाई हार्दिक धन्यावाद ज्ञापन गर्न चाहन्छु ।
व्यक्तिगतरुपमा एंव समुदायस्तरमा यहाँहरुले चाल्नुभएको हरेक कदम सह्रानिय छ । बाहिरी जिल्ला एंव अर्को स्थानिय तहबाट यस गण्डकी गाउँपालिका भित्र प्रवेश गर्ने सवारी साधन र व्यक्तिहरुप्रति सामाजिक संघसंस्था यूवा क्लब आमा समूहका पदाधिकारी एंव सदस्यहरुबाट जुन स्तरमा परामर्शका साथमा निगरानी राख्नुभएको छ । त्यो पक्कै पनि सकारात्मक छ । साथै हालै मात्र विदेशबाट यस गाउँपालिका भित्र आउनुभएका सबै व्यक्तिहरुको आरडिटी परिक्षणको नतिजा पनि नन रियाक्टिभ आएको सन्दर्भमा गाउँपालिकाभित्रै एक वडाबाट अर्को वडामा र एक गाउँ टोलबाट अर्को गाउँटोलमा अतिआवश्स्यक कामले र विरामी बोक्ने एम्बुलेन्स एंव विरामी बोक्ने अन्य सवारी साधनहरुलाई असाध्यै असहज भएको गुनासो आएकोले गाउँपालिका भित्र विभिन्न ठाउँमा रािखएका सबै प्रकारका अवरोधहरु हटाइदिनुहुन हार्दिक अपिल गर्दछु ।
साथै सबै वडाका वडाध्यक्ष ज्यूहरुलाई सडक एंव गोरेटो बाटोमा राखिएका सबै प्रकारका अवरोधहरुलाई हटाउन सहजीकरण गर्नुहुन निर्देशन पनि दिन चाहन्छु । त्यस्तै गण्डकी गाउँपालिकाभित्र रहेका झोलुङ्गे पुलहरुमा राखिएका छेकबारहरु पनि हटाइदिनुहुन हार्दिक अनुरोध छ । अन्यथा प्रचलित कानुन अनुसार सुरक्षा निकायको सहयोगमा गाउँपालिका परिवार अगाडी बढ्ने सुचना जारी गर्दछु । तर भिडभाड गर्ने काम कसैले नगर्नुहुन र सामाजिक दुरी कायम गर्न अनुशासित तबरले लाग्नु हुन अपिल गर्दछु ।
