इच्छाकामना गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा साना किसान सहकारीको ५५ हजार

कुरिनटार : साना किसान कृषि सहकारी संस्था लिमिटेड इच्छाकामना ४ कुरिनटारले इच्छाकामना गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा रु ५५ हजार सहयोग गरेका छन् । सहकारीका अध्यक्ष नर बहादुर नेपालले गाउँपालिकाको कार्यालय कुरिनटारमा अध्यक्ष गीता कुमारी गुरुङलाई चेक हस्तान्तरण गर्नुभएको प्रबन्धक रामजी नेपालले जानकारी दिनुभयो ।कोरोना भाइरस ९कोभिड –१९० को जोखिमबाट बच्नका लागि गरिएको लकडाउनपछि दैनिक ज्यालादारी र विपन्न वर्गहरुलाई दैनिक छाक टार्न गाह्रो भइरहेका बेला सहकारीले समाजिक उत्तरदायित्वको बहन गर्दै विपद् व्यवस्थापन कोषमा आर्थिक सहयोग गरिएको सहकारीका अध्यक्ष नर बहादुर नेपालले बताउनुभयो । गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले धन्यावद दिदैँ सबै एक जुट भएर लागे कोरोनाबाट बच्न सकिने बताउनुभयो ।
