इच्छाकामनामा घर घर पुगेर स्वास्थ्य परिक्षण गर्न सुरु

इच्छाकामनामा घर घर पुगेर स्वास्थ्य परिक्षण गर्न सुरु

मुग्लिन : चितवनको एक मात्र गाउापालिका इच्छाकामना गाउँपालिकामा घरघरमा पुगेर स्वास्थ्य जाँच सुरु गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)को त्रास संगै लकडाउनमा रहेका गाउँपालिकाका नागरिकहरुको मुग्लिन हाईवे हस्पिटलले गाउँपालिकाको सहकार्यमा व्यक्तिगत स्वास्थ्य विवरण सहित अध्यावधिक अभिलेख हुने हेल्थ हिस्ट्री रेकर्ड समेत हुने घरदैलो निशुल्क स्वास्थ्य परीक्षण सेवा आजबाट शुरु गरेको हो ।
घर–घरमा स्वास्थ्य जोखिम हुने ब्यक्तिको पहिचान पनि गरिने र दीर्घरोगीहरुले उपचार पाएको वा नपाएको स्थिति पनि पत्ता लगाउने उद्धेश्यका साथ शुरु गरेको यस सेवाबाट पहिलो दिन वडा नम्बर ५ मुग्लिनका ५८० जना ब्यक्तिको घरमै पुगेर स्वास्थ्य जाँच गरिएको मुग्लिन हाइवे हस्पिटलका अध्यक्ष राम बहादुर लामाले जानकारी दिनुभयो । गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार कुमार श्रेष्ठ, वडा अध्यक्ष मोदराज सिलवाल सहित मुग्लिन हाईवे हस्पिटल र दारेचोक स्वास्थ्यचौकी कुरिनटारका स्वास्थ्यकर्मीहरुको टोली ले घरघरमै पुगेर स्वास्थ्य जाँच गरिएको थियो ।
गाउँपालिकाभरका हरेक घरधुरीको हेल्थ प्रोफाईल हुने पर्सनलाईज्ड डिटेल भएको सफ्टवेयरमा स्वास्थ्य अभिलेख हुने र सो बिबरणको सुपरभिजन गाउँपालिकाको कार्यालयबाट नियमितरुपमा गर्न सकिने ब्यबस्था गर्न लागिएकोे हस्पिटलका अध्यक्ष लामाले बताउनुभयो। यस प्रकारको डिजिटल हेल्थ हिस्ट्री भएको सुबिधा नेपालमै पहिलो भएको र हरेक ब्यक्तिले आफ्नो नियमित स्वास्थ्य जोखिम र स्थितिको विवरण रहेको हेल्थ हिस्ट्री आफ्नो मोबाइलमा एसएमएस एलर्ट सिस्टमबाट नियमितरुपले हेर्न सकिने पनि अध्यक्ष लामाले जानकारी दिनुभयो। यो घरदैलो सेवा पहिलो चरणमा गाउँपालिकाको वडा नं ६, ५, ४, ३ को हाईवे क्षेत्रमा र दोश्रो चरणमा वडा नं १, २, ७ मा गरिने गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।