प्रेस संगठन नेपाल चितवन साखाको पत्रकारहरु लाई अनुरोध।

प्रेस संगठन नेपाल चितवन साखाको पत्रकारहरु लाई अनुरोध।

 

कुरिनटार १० बैसाख,

प्रेस संगठन नेपाल चितवन साखाले  कोभिड १९ कोरोना भाइरसका कारण देश लकडाउन गरिएपछि कोहि कतै पत्रकार असहज अवस्थामा भए निसर्त  सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रेस संगठन चितवनका संयोजक प्रकाश ज्ञवाली तथा सह संयोजक तिर्थ नेपाल द्वारा जारी वक्तव्यमा समस्यामा परेका पत्रकार हरु लाई सहयोग र उद्धार गर्ने प्रतिबद्धता जाहेर गरिएको छ।

प्रतिबद्धताको पुर्ण पाठ

प्रेस सङ्गठन नेपाल चितवनको हार्दिक अनुराेध

चितवनका सम्पुर्ण पत्रकार साथीहरू नमस्कार ! निरन्तरकाे लकडाउनले खाद्यान्न, उपचार वा कुनै अाकस्मिक समस्यामा पर्नुभएकाे भए निर्धक्क समस्या राख्नुहाेला , प्रेस सङ्गठन चितवन हरवखत सहयोग गर्न तयार छ ।  संयाेजक प्रकाश ज्ञवाली ९८५५०५४९८९ र सह संयाेजक तीर्थ नेपाललाई ९८४५०६८०५४ मा यहाँहरुले सम्पर्क गर्नसक्नुहुनेछ । वा  प्रेस सङ्गठन  जिल्ला समितिका कुनै पनि सदस्यलाई सुचना दिन सक्नुहुनेछ । साथै काेभिड१९ काे बिश्वब्यापी माहामारी चलिरहेको यस अवस्थामा सकेसम्म घरमै बसेर रिपोर्टिङमा रहन र घर बाहिर निस्कनै परे स्वास्थ्य सुरक्षा सावधानी अपनायर निस्कन अाग्रह गर्दछौं । कुनै असुबिधा भएमा संस्थागत रुपमा सहजिकरण गर्न हामी सदैब तत्पर छाै धन्यवाद ।