अझै हटेन गण्डकी गाउँपालिकाका पुलको अवरोध, प्रहरी परिचालन गरेर भए पनि हटाउँछु -अध्यक्ष राना

अझै  हटेन गण्डकी गाउँपालिकाका पुलको अवरोध, प्रहरी परिचालन गरेर भए पनि हटाउँछु  -अध्यक्ष राना

कुरिनटार, : कोरोना भाइरस(कोभिड १९) को त्रासका कारण एक क्षेत्र र अर्को क्षेत्रका मानिसहरुकाबिच पानी बाराबार जस्तो अवस्था सिर्जना भएको छ। देशभर विभिन्न स्थानहरुमा स्थानीयहरुले आफ्नो गाउँ र ठाउँ प्रवेश गर्ने पुल र सडक हरु बन्द गरिएपछि अत्यावश्यक कामले हिडेँकाहरु मर्कामा परेका छ्न्।गृहमन्त्रालय र स्थानीय सरकारबाट अवरोध नगर्न बारम्बार अनुरोध गरिए पनि धेरै स्थानको अबरोध अझै हट्न सकेको छैन।

गोरखाको गण्डकी गाउँपालिका प्रवेशमा पनि स्थानियहरुले धेरै स्थानमा अवरोध सिर्जना गरेपछी अत्यावश्यक कामले हिडेँँका मर्कामा परेपछि जनगुनासो बढेको कारण गाउँपालिकाबाटै सुचना जारी गरेर तुरुन्त अवरोध हटाउन भनिए पनि अझै केही स्थानमा पुल र बाटोको अबरोध हटेका छैनन्।

चितवनको इच्छाकामना गाउँपालिका र गण्डकी गाउँपालिका जोड्ने बुट्टार -चुम्लिङको पुलमा पनि लकडाउन पछि स्थानियले गरेको अबरोध हट्न सकेको छैन। अन्य स्थानको अवरोध हटेर सहज वातावरण बनी सकेको भए पनि बुट्टारका स्थानीयबासीहरुले एक पक्षिय रुपमा पुल बन्द गरेका छन। आफू खुसी बुट्टारतर्फबाट आवतजावत गर्ने र पुल बन्द गर्ने गरेपछि चितवन तर्फका स्थानिय आक्रोसित बनेका छन । चितवन तर्फ बसोबास गर्ने र खेतबारी गोरखातर्फ भएका हरुलाइ समेत प्रवेशमा निषेध गरेपछि चितवन तर्फबाट समेत अर्को बार हाली पुल अबरुद्ध गर्ने तयारी  गरेपछि तनाव सिर्जना हुने अवस्थामा पुगेको छ।

प्रहरी प्रशासन लगाएर भएपनि अवरोध हटाउँछौँ : अध्यक्ष राना

यसैबिच गण्डकी गाउँपालिकाकाअध्यक्ष होम बहादुर रानाले   पुलको अवरोध हटाउन तुरुन्त निर्देशन दिएको इच्छाखबरलाई बताउनुभयो  ।  उहाँले यसअघि नै सवै अवरोध हटाउन प्रत्येक वडाका अध्यक्षहरुलाई निर्देशन दिए पनि अ झै कहीँकतै अवरोध भए तुरुन्त हटाइने बताउनुभयो ।

कोरोना भाइरस बाट बच्न होसियार र सचेत हुन जरुरी छ, तर होसियारको नाममा पुल र बाटो नै बन्द गर्दा अत्यावश्यक कामले हिडेकाहरु चरम मर्कामा परेका छन् ,यसलाई मध्यनजर गरेर हामीले सबै अवरोध हटाउन प्रत्येक वडालाई निर्देन दिइसकेका छौँ यदी त्यो कार्यन्वयन नभएको पाइए प्रहरी प्रशासन लगाएर सबै अवारेध हटाउँछौँ –अध्यक्ष रानाले भन्नुभयो ।