गोरखाको शहिद लखन गाउँपालिकामा क्वारेन्टाइनमा रहेका थप ४ जनालाई घर पठाइयो

गोरखाको शहिद लखन गाउँपालिकामा क्वारेन्टाइनमा रहेका थप ४ जनालाई घर पठाइयो

गोरखा :  जिल्लाको शहिद लखन गाउँपालिकाले पालिका भित्र सामुहिक क्वारेन्टाइनमा रहेका थप ४ जनालाई शुक्रबार घर फिर्ता गरेको छ ।

बिभिन्न देशबाट आएर क्वारेन्टाइनमा १४ दिन बसेका उनीहरुको ¥यापिट डाईगनेस्टिक टेस्ट ९आरडीटी० बिधिबाट स्वास्थ्य परीक्षण गर्दा कोरोना नेगेटिभ भेटिएपछि होम क्वारेन्टाइनमा रहने गरी घर पठाइएको गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिनुभयो ।

गाउँपालिकाले आज घैरुङ स्थित हिमालय माध्यामिक बिधालयमा निर्माण गरिएको क्वारेन्टाइनमा रहेकाहरुलाई घर पठाएको उहाँले जानकारी दिनुभयो ।