लायन्स क्लब चितवन सिटिको अध्यक्षमा धनवन्तरी क्लिनिकका प्रोपाइटर सुवेदी

लायन्स क्लब चितवन सिटिको अध्यक्षमा धनवन्तरी क्लिनिकका प्रोपाइटर सुवेदी

चितवनः चितवन सिटि लायन्स क्लबको १३ औ साधारणसभा तथा अधिबेशनबाट लायन्स बर्ष २०२० र २१ का लागि अध्यक्ष लगायत कार्यसमिती सदस्यहरु निरबिरोध निर्बाचित भएका छन्, सोको जानकारी निर्बाचन समितिका संयोजक युबराज सुवेदीले इच्छाखवर लाइ जानकारी गराएका हुन् । यो कार्यक्रम २०७७ बैसाख १० गते सामाजिक दुरि कायम गरि अनलाइन मीटिङबाट सप्पन्न भएको थियो । चितवन सिटि लायन्सको अध्यक्ष पदमा भरतपुर महानगरपालिका – १ , चितवन बस्ने , धनवन्तरी क्लिनिकका प्रोपाइटर , कुसल स्वास्थ्यकर्मी , नेपाल रेडक्रस सोसाइटिको उपसाखा चितवनका सह सम्योजक , सामाजिक ब्यक्तित्व तथा सफल युवा ब्यवसायी सोमराज सुवेदी निर्बिरोध चयन भएका हुन ।