चितवनको इच्छाकामनामा कोरोना सचेतनासंगै खोप कार्यक्रमलाई निरन्तरता

हीरालाल गुरुङ
कुरिनटार : चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले कोरोना भाइरस (कोभिड –१९) का कारण लागु गरेको लकडाउनकाबिच पनि बालबालिकाहरुलाई दिइने नियमित खोप कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ । प्रत्येक खोप केन्द्र मार्फत स्वास्थ्यकर्मी परिचालन गरि नेपाल सकारले लागु गरेका सम्पूर्ण खोपका कार्यक्रमहरुलाई निरन्तरता दिएको हो ।
कोरोनाको जोखिमका कारण सामाजिक दुरी कायम गरि भिडभाड कम गरेर खोप कार्यक्रमलाई निरन्तर सञ्चालन गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बासुदेव सापकोटाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले नेपाल सरकारले लागु गरेका सबै खोपका कार्यक्रमहरुलाई निरन्तरता दिएका छौँ आवस्यक सुरक्षा सर्तकता अपनाएर भिडभाड कम हुने गरि काम गरिरहेका छौँ।” बालबालिकालाई नियमित दिनुपर्ने खोपका बारेमा आफुहरु संवेदनशिल रहेकाले अभिभावकलाई नआतिन उहाँले अनुरोध गर्नुभयो ।
साथै गाउँपालिकाले खोप कार्यक्रमसंगै कोरोना सचेतना कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ । प्रमुख सापकोटाका अनुसार प्रत्येक खोप केन्द्रमा बालबालिकाहरुलाई खोप लगाउन आउने अभिभावक ९आमा० हरुलाई कोरोनाबारे सचेतना पनि गराइएको हो ।
नियमित खोपबाट बालबालिकालाई छुटाउन नहुने भएकाले यस विषम परिस्थितिमा पनि स्वास्थ्यकर्मीहरु निरन्तर खटिरहेको उहाँको भनाइछ ।
सरकारले नियमित खोप कार्यक्रमका लागि स्थानिय तहलाई जिम्मेवारी दिइएको छ ।
