गोरखाको शहिद लखनमा ४७ जना क्वारेन्टाइनमा

गोरखाको शहिद लखनमा ४७ जना क्वारेन्टाइनमा

राजेन्द्र न्यौपाने

गोरखा, १४ बैशाख । जिल्लाको शहिद लखन गाउँपालिका भित्रका विभिन्न वडामा गरी ४७ जना क्वारेन्टाइनमा रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको वडा नं। १ बक्राङमा एक जना, मनकामनामा ९ जना, ताक्लुङमा ८, घैरुङमा १३ र बुकोटमा १६ गरी ४७ जना क्वारेन्टाइनमा रहनुभएको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले जानकारी दिए । क्वारेन्टाइनमा ३ वर्षकी एक बालिका, ११ जना महिला र ३५ जना पुरुष रहेका छन् । उनीहरुलाई गाउँपालिकाको व्यवस्थापनमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको हो । लकडाउन सुरु भएपछि जिल्ला बाहिरबाट आउने सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाइन र एक हप्ता घरकै क्वारेन्टाइनमा राख्ने गाउँपालिकाले निर्णय गरेको थियो । लकडाउनको समय बढ्दै जाँदा शहरमा बस्नेहरुको दैनिकी असहज बन्दै गएपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला स्तरीय समितिले अहिले समिक्षा सहित उद्धारका कार्यलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरिरहेको छ ।