कोरोना कहर भारतमा मृत्युहुनेको संख्या हजार नाघ्यो अमेरिकामा १० लाख संक्रमित

कोरोना कहर भारतमा मृत्युहुनेको संख्या  हजार नाघ्यो अमेरिकामा १० लाख संक्रमित

कुरिनटार,

करिव  पाच महिना अगाडि चीनको बुहान सहरमा देखिएको कोभिड १९ कोरोना भाइरसको विश्वभर फैलिएको महामारी अझ रोकिएको छैन। विश्व प्रख्यात डाटा संकलक साइट वोर्ल्डओमिटरको अनुसार अहिले सम्म कोरोना भाइरस बाट भारतमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ भने अमेरिकामा संक्रमित  दशलाख कटेका छन।

चिन पछि इटाली, स्पेन ,फ्रान्स र अमेरिका हुँदै  अहिले कोरोना भाइरस बिश्वकै दोश्रो धेरै जनसंख्या भएको भारतमा अनियंत्रित भएर फैलिए पछि भारत संङ खुल्ला सिमा रहेको नेपाल लगायतका देश हरु चिन्तित बनेका छन। भारतमा कोरोना भाइरसको संक्रमणबाट बच्न देश पुरै लकडाउन गरिएको आज सम्म ३६ दिन भैसकेको भए पनि भित्र भित्रै संक्रमितहरुको संख्या ३१ हजार नाघेको छ। पछिल्लो २४ घण्टामै संक्रमित पुष्टि भएको संख्या१९ सय पुगेपछि थप चिन्ता उब्जिएको हो।

विश्वकै ठूलो अर्थतन्त्र भएको देश अमेरिका पनि कोरोना कहर विरुद्ध जित हासिल गर्न सकेको छैन। पहिले सामान्य रुघा खोकी भएको र नडराउन अपिल गरिएको भएपनि अहिले अमेरिकालाइ कोरोना विरुद्ध लड्न हम्मे हम्मे परि रहेको छ। अमेरिकामा अहिले सम्म संक्रमित संख्या १० लाख नाघेको छ भने कोरोनाकै कारण ज्यान गुमाउनेको संंख्या ५९ हजार नाघेको छ। पछिल्लो २४ घण्टामै अमेरिकामा कोरोना संक्रमित संख्या २५ हजार भन्दा धेरै छन भने  २४ सय भन्दा धेरैले ज्यान गुमाएका छन।

हाल सम्म विश्वभर करिव ३१ लाख ३७ हजार मान्छेमा कोरोना संक्रमणको पुष्टि भएको छ भने  करिव दुइलाख १८ हजारको ज्यान गएको छ। नेपालमा भने  १० हजार धेरै लाई परिक्षण गर्दा ५४ जनामा कोरोना पोजिटिभ देखिएकोमा १६ जना सन्चो भएर घर फर्कीसकेका छन र अहिले सम्म कुनै मृत्युको पुष्टि भएको छैन।