नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ५७  पुग्यो

काठमाडौँ,१७ वैशाख । सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप तिन जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार समुदायमा सङ्क्रमण बढेको छैन । ती तिनै जना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् ।

आज थप तिन जनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फकिएका छन् । अहिले ३८ जना सङ्क्रमित अस्पतालको आइसोलेशनमा छन् । सङ्क्रमित अन्यलाई अस्पताल लैजाने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । सङ्क्रमितको नजिक रहेका कन्ट्र्याक ट्रेसिङसमेत भइरहेको जनाइएको छ ।