आजको मौसमबारे जानकारी

आजको मौसमबारे जानकारी

काठमाडौं : हाल देशभर पश्चिमी वायु र स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुका साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका अधिकांश भू–भागमा बदली रहनुका साथै केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षा भैरहेको छ ।आज दिउँसो देशको पश्चिमी भू–भागमा पूर्ण बदली तथा मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राती देशको पश्चिमी पहाडी भू–भाग तथा मध्य र पुर्वी भु–भागमा सामान्य बदली र अन्य भू–भागमा आंशिक बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा र मध्य एवं पुर्वी भु–भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।