कोरोनाबाट मृत्यु हुनेको संख्या २लाख ३९ हजार नाघ्यो

काठमाडौं : विश्वभर महामारीको रुपमा फेलिएको कोरोना भाइरसको संक्रमणले विश्वर मृत्यु हुनेको संख्या २ लाख ३९ हजार ४ सय नाघेको छ ।पछिल्लो तथ्यांकअनुसार विश्वभर ३३ लाख ९८ हजार ४ सय बढी संक्रमित भएका छन् ।
संक्रमितमध्ये १० लाख ८० हजार बढी निको भएका छन् । कोरोनाले अमेरिकामा ६५ हजार ७४८ को मृत्यु भएको छ भने इटालीमा हालसम्म २८ हजार २३६ जनाकोे मृत्यु भएको छ ।
त्यसैगरी स्पेनमा कोरोनाले हालसम्म २४ हजार ८२४ जनाले ज्यान गुमाएका छन् । बेलायतमा कोरोनाले २७ हजार ५१० को मृत्यु भएको छ ।
त्यस्तै, फ्रान्समा कोरोनाले २४ हजार ५९४ को ज्यान गएको छ । छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार २२३ पुगेको छ ।
अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार २५७ पुगेको छ ।
महामारी फैलिएको करिब ४ महिना पुग्नै लाग्दा समेत औषधि तथा खोपको विकास हुन नसक्दा संसारका कयौँ मुलुकहरु लकडाउनको अवस्थामा छन् भने मृतक र संक्रमितको संख्या दिनानुदिन बढ्दो छ ।
