कुटनीति र राजनीति

कुटनीतिक सङ्केतहरुकाे आफ्नै किसिमकाे महत्त्व हुने गर्दछ । शक्तिशाली राष्ट्हरुकाे परराष्ट्र नीति आन्तरिक राजनीतिले निर्धारण गर्दछ भने शक्तिहीन राष्ट्रहरुले आफ्नाे आन्तरिक राजनीतिलाई अन्तर्राष्ट्रिय शक्तिहरुकाे विद्यमान समीकरण अनुसार बदल्न बाध्य हुन्छन् । नेपाली कम्युनिस्ट आन्दाेलनमा चिनिया प्रभाव निरन्तर बढीरहेकाे देखिन्छ । झापाली विद्राेहदेखि मओवादी युद्धसम्म यसका उदाहरण हुन् । नेपालमा माओवादी विद्राेह सुरु हुनुभन्दा पहिला पेरुमा पनि यस्तै युद्ध सञ्चालन भएकाे थियाे । नेपालकाे मावादी विद्राेह पनि ‘रिम’काे निर्देशनमा भएकाे देखिन्छ । सन् १९९२ मा संसदीय निर्वाचनमा भाग लिएकाे पार्टी दुई वर्ष(१९९४)मै सशस्त्र विद्राेहमा गयाे । रिमलाई माअाेकाे झन्डा उठाउने पार्टी चाहिएकाे थियाे जुन नेपालमा भेटियाे । ‘रिम’ र ‘कम्पाेसा’ जस्ता अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्गठनकाे प्रत्यक्ष निर्देशन र सहयाेगमा नेपालमा सशस्त्र विद्राेह सुरु भएकाे थियाे । नत्र तत्कालमा नेपालमा त्यति ठुलाे विद्राेहकाे कुनै सम्भावना थिएन ।
समाजशास्त्री चैतन्य मिश्रका शब्दमा- “जीवनका कालखण्डमा नभएकाे मार्क्सवाद पढिएछ । साेभियताइज्ड र माओवाइज्ड मार्क्सवाद पढिएछ । मार्क्सकाे अाँखाबाट कम र लेलिन र माओकाे अाँखाबाट बढी पढिएछ । मार्क्सबारे जति पनि पुस्तक नेपालमा आउँथे ती कि रुस कि चिनमा छापिएका हुन्थे । त्यसैले त्यतिखेर खास मार्क्सवाद पढ्न पाइएन । मार्क्सवादका नाममा कम्युनिस्ट साहित्य पढियाे । कम्युनिस्ट जालझेल पढियाे । दुई नम्बरी मार्क्सवाद पढिएछ । विकृत ढाँचाकाे अध्ययन भएछ । अहिले खेद लाग्छ ।” यसैबाट थाहा हुन्छ- नेपालका कम्युनिस्टहरुकाे स्कुलिङ गलत छ । उनीहरुकाे मार्क्सवादी अध्ययन ढाँचा नै विकृत छ । गलत अध्ययनले मान्छेलाई गलत मार्गतर्फ डाेर्याउँछ । गायत्री चक्रवर्ती स्पिभाक भन्छिन्- ” खराब शिक्षाका कारण अधिकांश मानिसहरुकाे दिमाग ध्वस्त छ बरु निरक्षर मानिसहरु खराब शिक्षाकाे सिकार हुनबाट जाेगिएका छन् ।” स्पिभाककाे याे भनाइ नेपालका कम्युनिस्टहरुमा सबैभन्दा बढी लागु हुन्छ ।
यहाँ बुझ्नु पर्ने कुरा के हाे भने बेइजिङले नेपालकाे हितभन्दा चीनकाे स्वार्थलाई प्राथमिकतामा राख्छ । साेभियत सङ्घकाे विघटनपछि उदार लाेकतन्त्रकाे विपक्षमा उभिने मुख्य शक्तिका रूपमा चीन रहेकाे छ । नयाँ साम्रराज्यवादी शक्तिकाे रूपमा संसारमा चीनकाे उदय भइरहेकाे छ । बेइजिङले अाफ्नाे हैसियत अनुसार काठमाडाैँ अाफ्नाे प्रभाव खाेज्नु उसकाे साम्रराज्यवादी नीति अनुरुप नै देखिन्छ । पछिल्ला दशकदेखि नेपालमा चीनका गतिविधि निकै बढ्दै गइरहेका छन् । चीनलाई नेपाली कम्युनिस्टहरुकाे दाेहाेराे चरित्र र अवसरवादी स्वभाव मन नपरेकाे हुनसक्छ ।नेपाली कम्युनिस्ट आन्दाेलन झन् झन् विकृत बन्दै गएकाेमा चीन चिन्तित पनि हुनसक्छ । त्यसैले नेपाली कम्युनिस्टहरुकाे झगडा मिलाउन चिनिया राजदूतले गरेकाे दाैडधुपलाई अनाैठाे मानिराख्नु पर्दैन । तर शक्तिशाली राष्ट्रहरुकाे ज्यादा माया कमजाेर राष्ट्रका लागि खतरापूर्ण हुन्छ भन्ने कुरा पनि बिर्सिनु हुँदैन ।
कैलाश कोइराला
नेपाली काङ्ग्रेस चितवन जिल्ला उपसभापति
