दोशि उम्काउन खोजे ठुलो दुर्घटना हुने– ने.का चितवन जिल्ला सचिव जोशी

दोशि उम्काउन खोजे ठुलो दुर्घटना हुने– ने.का चितवन जिल्ला सचिव जोशी

चितवनः नेपाल महिला संघ चितवनको नेतृत्व मा काङ्ग्रेसका भातृ सस्था तरुण दल, नेवि संघ लगायतका ले आज बिरोध प्रदर्शन गरेका छ्न । भरतपुरको चौबिसकोठिमा जम्मा भएर उनिहरुले शान्तिपूर्ण बिरोध प्रदर्शन गरेका हुन । महानगरपालिकाको अगुवाईमा सन्चालन भएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालका सामग्री चोरि गरेको आरोप लागेका कर्मचारीलाई निलम्बन गरी कानुनी कारबाही अघि बढाउन उनिहरुको मागरहेको छ ।

नेपाल महिला सघं चितवनकि अध्यक्ष तथा भरतपुर महानगरपालिका उपप्रमुख पार्बती शाह को नेतृत्व मा भएको बिरोध कार्यक्रम मा बोल्दै उनले भरतपुर महानगरापालिका प्रमुख रेणु दाहाललई आग्रह गरेपनि घटनाप्रति गम्भिर नभएको बताईन् ।

काङ्ग्रेसका जिल्ला सचिव उत्तम जोशी ले महानगरबाट खटिएका कर्मचारीसमेतको संलग्नतामा अस्पतालका सामग्री चोरि गरिएको गम्भीर आरोप लागेकाले तत्काल उनीहरुलाई कारबाही गर्न माग गरेका छन । कुनै पनि बहाना मा दोशि उम्काउन खोजिए ठुलो दुर्घटना हुने र त्यसको जवाफ देहि सरकार र स्थानिय तह हुने उहाँ को भनाई छ ! उहाँ ले छिटोभन्दा छिटो छानबीन गरि अस्पताल मा भएको अनियमितता को लेखा परिक्षण गर्न सम्बन्धित पक्षलाइ आग्रह गरे ।