श्रेष्ठद्धारा सिलिण्डर विस्फोट भएर घाईते भएका दूई बालकको उपचारको लागि ३० हजार आर्थिक सहयोग

श्रेष्ठद्धारा सिलिण्डर विस्फोट  भएर घाईते भएका दूई बालकको उपचारको लागि ३० हजार आर्थिक सहयोग

आँबुखैरेनी, २३ बैंशाख । युवा समाजसेवी अभियान श्रेष्ठले सिलिण्डर ग्यास विस्फोट भएर घाईते भएका २ जना बालकको उपचारको लागि आर्थिक सहयोग गर्नुभएको छ । आँबुखैरेनी–३, पञ्चायत भवन तनहुँ निवासी युवा समाजसेवी श्रेष्ठले आँबुखैरेनी–१, सत्रसयमा गत बैशाख २१ गते बिहान सिलिण्डर ग्यास विस्फोट भएर घाईते भएका बिनोद विकका दुई छोरा ११ वर्षीय विवेक बिक र ७ वर्षीय सरगम बिकको उपचारमा सहयोग पु¥याउने हेतुले नगद ३० हजार रुपैया आर्थिक सहयोग गर्नुभएको हो । शरिरको केही भाग र हात जलेर घाईते भएका विकको घरमै गएर वडा नं. १ का वडा अध्यक्ष किसान थापाको उपस्थितीमा उनका परिवारलाई आर्थिक सहयोग गर्नुभएको युवा समाजसेवी श्रेष्ठले जानकारी दिनुभयो । अहिले दुबैं जना घाईते बालकको काठमाण्डौ स्थित किर्तीपुर अस्पतालमा उपचार भैरहेको र थप उपचारमा आर्थिक समस्या रहेकोले मानव सेवामा समर्पित सम्पूर्ण मनहरुले सक्दो आर्थिक सहयोग गरिदिनुहुन उहाँले आग्रह गर्नुभएको छ ।