राष्ट्र (कविता)

प्रिय साथी !
मलाई राष्ट्रवादकाे नाममा
शासन गर्ने इच्छा छ
इतिहास नपढेकाे पनि हाेइन
कहिले श्री ५, श्री ३
त कहिल्यै अरु श्रीहरुले गाएकाे
राष्ट्रियताकाे गीतमा पनि स्वर मिलाएकै हु
मलाई पनि सम्माननीय, माननीय रहर छ
र त म राष्ट्रकाे नाममा सारङ्गी बजाउँछु,
ढाेल पिट्छु र नृत्य गर्छु
कहिले शब्दहरु यति उचाल्छु
नृत्य गर्न बाध्य पार्ने गरी सङ्गीत बजाइदिन्छु
जसरी हिटलर, स्टालिन
र इदी अमिनले ढाेल पिटेका थिए
त्यसरी नै म पनि राष्ट्रप्रति भावविह्वल भइदिन्छु
मलाई पनि राष्ट्रियताकाे खाेल अाेढेर भाषा, धर्म, जाति र क्षेत्रकाे नाममा जनता लडाउनु छ
मलाई थाहा छ निर्जन बस्तीमा प्रवेश गरेर
बिरानाे भएपछि भत्काउनु पर्छ राष्ट्रियताकाे पर्खाल नेपाली भाषा संस्कृतिकाे पक्षमा कलम चलाउने पारिजात बाँचुन्जेल नागरिकता विहीन भइन् भूगाेललाई भन्दा जनतालाई राष्ट्र मान्ने बिपी बाँचुन्जेल अराष्ट्रिय भए
एक पटक अाम निर्वाचन मार्फत् जनताकाे भाेटबाट राष्ट्रकाे लालपुर्जा विदेशीकाेमा बन्दकी राख्न पाऊँ त्यसका लागि एक पटक सम्मानित बन्नुछ
त्यसपछि त मैले श्रीकृष्णले त्यागिसकेकाे
अर्जुनकाे गाण्डीव बनाइदिन्छु याे राष्ट्रलाई
अनि राेमकाे राजा निराेले झैँ
म बाँसुरी बजाएर बस्छु आनन्दसाथ…।।
कैलाश कोइराला
नेपाली काङ्ग्रेस चितवन जिल्ला उपसभाति
