भ.म.न.पा.को उपमेयर सहित १३ जना वडाध्यक्षले महानगरका सबै कार्यक्रम बहिष्कार गर्ने

भ.म.न.पा.को उपमेयर सहित १३ जना वडाध्यक्षले महानगरका सबै कार्यक्रम बहिष्कार गर्ने

चितवन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाह सहित १३ जना वडाध्यक्षहरुले महानगरले आयोजना गर्ने सबै कार्यक्रम र बैठक बहिष्कार गर्ने निर्णय गरेका छन् । सोमबार भरतपुरमा सम्पन्न बैठकले सो निर्णय गरेको हो । बैठक पछि जारी प्रेस बिज्ञप्तिमा कोरोना अस्पतालको सामान चोरी प्रकरणका दोषीलाई कारबाही गर्न महानगरले आलटाल गरेको भन्दै कारवाही नभएसम्म कुनै पनि कार्यक्रममा उपस्थित नहुने उल्लेख छ ।
यसरी बिज्ञप्ति जारी गर्नेहरुमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित उपमेयर पार्वती शाह ठकुरी , १३ जना वडाध्यक्ष र दुई जना कार्यपालिका सदस्यहरु रहेका छन् । उनिहरुले पटक पटक मेयरलाई यस बिषयमा ध्यानाकर्षण गराएपनी उनले वेवास्ता गरेको बताए ।

“चोरी कार्यमा स्वास्थ्य सेवा र व्यवस्थापनमा कार्यरत कर्मचारीहरु नै संलग्न हुँदा पनि कानून वमोजिम निलम्बनगरी अनुसन्धानलाई अगाडी वढाउनुको सट्टा भरतपुर महानगरपालिकाको मूल नेतृत्व उदासिन देखिनुले जनप्रतिनिधिलाई जवाफ दिने वाटो समेत नरहेको र कानुनी राज्यको मान्यता माथि नै धज्जी उडाएको छ ।” विज्ञप्तिमा उल्लेख छ ।

महानगरपालिकाको लगानीको वास्तविक अवस्था र आयव्ययसमेत सार्वजनिक गरी जनप्रतिनिधिप्रतिको विश्वास र भरोसामाथि प्रश्न उठ्न नदिन आग्रहका साथ महानगरपालिकाका बैठकहरु वहिस्कार गरिएको उनीहरुले बताएका छन् । साथै यसबाट सृजित परिस्थितीको जिम्मेवारी स्वयं भरतपुर महानगरको मुल नेतृत्वले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

नेपाली काग्रेस चितवनका सचिव उत्तम जोशीसंग इच्छा खबरले यस बारेमा प्रतिक्रिया लिँदा उनले पार्टीको स्पष्ट निर्देशन बमोजिमनै महानगरका जनप्रतिनिधिहरुले यस्तो निर्णय गरेको बताए । उनले भने,“ महानगरमा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि ज्युहरुलाई पार्टीले स्पष्ट रुपमा निर्देशन दिएको छ , पार्टी उहाँहरुको साथमा छ । ” जोशीले भने । उनले अस्पतालको चोरीमा संलग्नलाइृ कारावही र अनियमिताको सत्य तथ्य बाहिर नआएसम्म नेपाली काँग्रेस चुप लागेर नवस्ने बताए । उनले भने,“हामीले निरन्तर दबाव दिइ रहेका छौं , निरन्तर यो बिषयमा प्रश्न गरिरहन्छौं ।”