मुग्लिनबाट तामिन जादैँ गरेको बलेरो जीप दुर्घटना हुदाँ ६ जना घाइते

मुग्लिनबाट तामिन जादैँ गरेको बलेरो जीप दुर्घटना हुदाँ ६ जना घाइते

मुग्लिन,१ जेठ । चितवनमा सवारी दुर्घटना हुदाँ ६ जना घाइते भएका छन् । ना २ च ८४०१ नम्बरको बलेरो जीप आज विहान १० : ३० बजे इच्छाकामना गाउँपालिका ५ स्थित फुर्के डाडाँमा सडकबाट तल खसेर दुर्घटना भएका हुन् ।
घाईते मध्ये ३ जनाको अवस्था मध्याम र अन्यको अवस्था समान्य रहेको छ । घाईतेहरु मध्ये ३ जनालाई उपचारका लागि भरतपुर लगिएको छ भने सामान्य घाइते ३ जनाको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । मुग्लिन बजारमा तरकारी पु¥याएर तामिन तर्फ फर्कदैँ गर्दा जीप र्दुटनामा परेका हुन् ।
थप विवरण आउन बाँकी छ ।