नेपालमा दुई जना कोरोना संक्रमित थपिए,कोरोना संका गरिएको एक जनाको मृत्यु अन्तिम रिपोर्ट आउन बाकी

नेपालमा दुई जना कोरोना संक्रमित थपिए,कोरोना संका गरिएको एक जनाको मृत्यु अन्तिम रिपोर्ट आउन बाकी

काठमाडौं, ३ जेठ । नेपालमा कोरोना भाइरसका संक्रमित थपिएका छन् भने एक जना कोरोना पोजिटिभ संका गरिएको महिलाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ  ।

संक्रमितहरु महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । योसँगै कुल संक्रमित संख्या २७८ पुगेको छ । त्ययसैगरि सिन्धुपाल्चोकको बाह्राविसेबाट बिहीबार धुलिखेल अस्पतालमा भर्ना भएकी २९ वर्षीया महिलाको शुक्रबार साँझ उपचारका क्रममा  निधन भएको हो। श्वास फेर्न गाह्रो हुने लगायतका लक्षण देखिएपछि उनको स्वाब निकालेर पीसीआर परीक्षण गरिएको थियो। अस्पतालमै आरडिटी र पिसिआर परीक्षण गर्दा उनको स्वाब परीक्षणको नजिता पोजेटिभ आएको थियो।
मृत्युपछि स्वाबको पुनः जाँचका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको   छ । मृत्युको  कारण पुुष्ठि हुन  बाकि  छ ।