नेपालमा समुन्द्री आँधी ‘अम्फुन’ को प्रभाव सुरु, अधिकांश क्षेत्रमा बर्षाको सम्भावना

नेपालमा समुन्द्री आँधी ‘अम्फुन’ को प्रभाव सुरु, अधिकांश क्षेत्रमा बर्षाको सम्भावना

काठमाडौं :  पूर्वानुमान महाशाखाले अहिले देशभर स्थानीय वायुको प्रभाव रहेको र दक्षिण बंगालको खाडीको मध्य भागमा उत्पन्न शक्तिशाली समुन्द्री आँधी ‘अम्फुन’ को प्रभाव सुरु भैसकेको जनाएको छ ।

हाल देशको पूर्व र मध्य भू–भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू–भागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पूर्व र मध्य भू–भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू–भागका केही स्थानहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

मध्य तथा पूर्वी भू–भागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राती देशको पूर्व, मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने पश्चिमी भू–भागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मध्य तथा पूर्वी भू–भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।