कुरिनटारमा रहेको क्वारेन्टिनलाई स्थानीयले घेरेपछि.. (भिडियो सहित)

कुरिनटारमा रहेको क्वारेन्टिनलाई स्थानीयले  घेरेपछि.. (भिडियो सहित)

कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ कुरिनटार स्थित सर्वशान्ति मावि कुरिनटारमा रहेको क्वारेन्टिन स्थानीयले घेराउ गरेका छन् ।
भारतबाट आएका ४ जना यूवाहरुलाई राखिएको उक्त क्वारेन्टिनमा आवश्यक सुरक्षाका विधि नअपनाएको भन्दै स्थानीयले बुधबार बिहान घेराउ गरेका हुन् ।
घरका सदस्यहरुले खाना पु¥याउन आउदाँ सामाजिक दुरी कायम नगरी क्वारेन्टिनमा रहेकाहरुसंग घुलमिल गरेको भन्दै स्थानीयले घेराउ गरेका हुन् । साथै उनिहरुले सुरक्षाकर्मी र स्वास्थ्यकर्मी राखि उनिहरुको निगरानी गर्नुपर्ने माग गरेका छन् ।

गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले उनिहरु र परिवारका सदस्यहरुलाई आवश्यक परामर्श दिएर क्वारेन्टिनमा राखिएको र आवश्यक सुरक्षाका उपायहरु अपनाइने बताउनुभयो । अध्यक्ष गुरुङले स्थानीयको माग बमोजिम थप आवस्यक सुरक्षा व्यवस्था अपनाइने प्रतिवद्धता जनाएपछि घेराउ गर्न आएका स्थानीयहरु फर्किएका छन् ।
यस अघि क्वारेन्टिन निर्माण गर्दा नै बजारको बीचमा रहेको भन्दै स्थानीयहरुले विरोध जनाएका थिए ।
यसैबिच बन्दाबन्दीको समयमा कुरिनटारमा खुलेका पसलहरुलाई चेतावनी सहित बन्द गराएका छन् । गाउँपालिकाले तोकिएको समय बाहेक अन्य समयामा पनि पसल खुलेको भेटिएपछि स्थानीय प्रशासन जनप्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधिहरु र यूवाहरुले चेतावनीसहित पसल बन्द गराएका हुन् ।