नेपालमा कोरानबाट मृत्यु हुनेको संख्या ३ पुग्यो

नेपालमा कोरानबाट मृत्यु हुनेको  संख्या ३ पुग्यो

काठमाडौँ : नेपालमा कोरानबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षको भेन्टिलेटरमा उपचाररत गुल्मीको मदाने गाउँपालिका ६ निवासी ४१ वर्षीय शिक्षकको बिहिबार विहान निधन भएको हो ।
उनको निधनप्रति प्रदेश नम्बर ५ सरकारले गुल्मीका पहिलो कोरोना संक्रमितको मृत्युप्रति दुःख व्यक्त गरेको छ । सामाजिक विकास मन्त्री सुदर्शन बरालले विज्ञप्तिमार्फत जनाएका छन् ।

उनलाई बचाउन अनाकौं प्रयास गरेपनि बचाउन नसकिएकोमा सरकार दुःखी भएको उनको विज्ञप्तिमा उल्लेख छ ।

गुल्मीको एक विद्यालयका प्राधानाध्यापक समेत रहेका उनको मृत्युले शिक्षा क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै प्रदेश सरकारले श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ । ती शिक्षकमा गत जेठ ५ गते कोरोना संक्तमण पुष्टि भएको थियो ।