कोरोनाबाट मृत्यु हुनेको संख्या ३लाख ३९ हजार ९ सय २२ पुग्यो

काठमाडौं : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार ९ सय २२ पुगेको छ । संक्रमितको संख्या ५३ लाख १ हजार ८ सय पुगेको छ । संक्रमितमध्ये २१ लाख ५८ हजार ४ सय ७७ जना उपचारपछि घर फर्किएका छन् भने ४४ हजार ५ सय ८४ जनाको अवस्था गम्भीर रहेको छ ।
अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ९७ हजार ६ सय ४७ जनाको ज्यान गएको छ । ब्राजिलमा २१ हजार ४८, स्पेनमा २८ हजार ट सय २८, बेलायतमा ३६ हजार ३ सय ९३, इटलीमा ३२ हजार ६ सइ १६, फ्रान्समा २८ हजार २ सय ८९ र बेल्जियममा ९ हजार २ सइ १२ जनाको मृत्यु भएको छ ।
