दुई सवारी एकआपसमा ठोक्किदाँ नारायणगढ – मुग्लिन सडक पूर्णरुपमा अवरुद्ध

दुई सवारी एकआपसमा ठोक्किदाँ नारायणगढ – मुग्लिन सडक पूर्णरुपमा अवरुद्ध

चितवन :  नारायणगढ– मुग्लिन सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ६ स्थित तुइन खोला पुलमा दुई सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । आज बिहिबार विहान करिब ७ बजेको समयमा नारायणगढबाट धादिङ्ग तर्फ आउँदै गरेको ना ५ ख ९१२२ नम्बरको मालबाहक ट्रक र काठमाण्डौ बाट विरगञ्ज फर्कदैँ गरेको ना ८ ख १५५२ नम्बरको टेलर एक आपसमा ठोक्किदा एक जना चालक घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक कञ्चन तामाङले जानकारी दिनुभयो । घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनाका कारण नारायणगढ –मुग्लिन सडक पुर्ण रुपमा अवरुद्ध भएको छ । सामान लोड भएको ट्रकको अगाडीको भाग पुलमा झुण्डिएको अवस्थामा रहेकोले निकाल्नको लागि चितवनबाट क्रेन मगाइएको उहाँले जानकारी दिनुभयो ।

तस्बीर :  सौजन्य मुग्लिन बजार फेसबुक