फौजी किराले मकै नष्ट गरेपछि इच्छाकामनाका किसान चिन्तित

फौजी किराले मकै नष्ट गरेपछि   इच्छाकामनाका किसान चिन्तित

कुरिनटार :  चितवनको इच्छाकामनामा पनि अमेरीकी फौजी किराको प्रकोप फैलिएको छ । मकैमा फैजी किरा लागेपछि किसानहरु चिन्तित भएका छन् ।

इच्छाकामना ३ नर्सिङटारका किसान सुधिर अधिकारीले अमेरीकी फौजी किराले मकैबाली नष्ट गरेको बताउनुभयो ।
वडा नम्बर ४ का वडा सदस्य समेत रहनु भएका कुरिनटारका विदुर सिलवालले पनि अमेरीकी फौजी किराले मकै बाली नष्ट गर्न थालेपनि किसानहरु चिन्तत भएको बताउनुभयो ।