आजको मौसम केही स्थानमा आंशिक बदली, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम   केही स्थानमा आंशिक बदली, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आज केही स्थानमा आंशिक बदली, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ, २१ जेठ । देशभर पश्चिमी वायु र अरब सागरमा रहेको ‘निसर्ग चक्रवात’ को आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल प्रदेश न.  १ मा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रहको छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका भू–भागहरूमा सामान्य बदली रहि बाँकी भू–भागमा मौसम आशिंक बदली रहनेछ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र प्रदेश ७ का केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राती देशभरि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।