स्रष्टा घिमिरेको दोस्रो कृति वंशावली (अनुसन्धानात्मक कृति) सार्वजनिक

स्रष्टा घिमिरेको दोस्रो  कृति वंशावली (अनुसन्धानात्मक कृति) सार्वजनिक

सिर्जनायात्रामा क्रियाशील स्रष्टा रञ्जन घिमिरेले दोस्रो कृतिका रुपमा वंशावली (अनुसन्धानात्मक कृति) प्रकाशन गर्नुभएको छ ।

उहाँले यसअघि मूच्र्छित स्वरहरु (कवितासंग्रह, २०७१) प्रकाशन गरिसक्नुभएको छ । कोरोना भाइरसका कारण मुलुक लकडाउनमा भएका बखत स्रष्टा घिमिरे अनुसन्धानका क्षेत्रमा क्रियाशील भई आफ्ना पुख्र्यौलीको खोजीमा तल्लीन भई घिमिरे वंशावलीलाई प्रकाशन गर्न समर्थ हुनुभएको छ । आफ्ना कीर्तिशेष पिता समाजसेवी होमनाथ घिमिरेको दोस्रो स्मृति दिवसका अवसर पारी उहाँले प्रस्तुत कृति प्रकाशन गर्नुभएको हो । कार्यक्रम र जमघट गर्न सक्ने अवस्था नभएपछि उहाँले पारिवारिक जमघटका बिच आमा तथा कृतिका प्रकाशक वेदकुमारी घिमिरेबाट लोकार्पण गराउनुभएको हो । ‘वंशावली पितापुर्खाप्रतिको सम्मान हो, त्यही कर्म मैले गरेँ, त्यसमाथि पनि आफ्नै आमाबाट कृति लोकार्पण हुने कुरा ठुलै सौभाग्यका कुरा हो’ स्रष्टा घिमिरे भन्नुहुन्छ । प्रस्तुत कृतिको अग्रभागमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरेको शुभकामना मन्तव्य रहेको छ भने पछिल्लो भागलाई सैद्धान्तिक खण्ड र वंशावली खण्ड गरी विभक्त गरिएको छ । सैद्धान्तिक खण्डमा वंशावलीको सम्बन्धमा चर्चा गरिएको छ । घिमिरेहरुको गोत्र, प्रवर कुलायन परम्पराका विषयमा उल्लेख गरिएको छ । यसैगरी मस्टो देवताका सम्बन्धमा खोजमुलक आलेख राखिएको छ । घिमिरेका थरका सम्बन्धमा खोजी गरिएको छ । यसैगरी गोरखाको मकैसिङमा घिमिरेहरु कसरी आए, मकैसिङमा आएका घिमिरेहरुले समाजमा के कस्ता योगदान पु¥याए, उनीहरूको कुलायन पूजा के कसरी हुने गरेको छ ? र मकैसिङबाट छुट्टिएर आरुपोखरी गएका घिमिरेहरुको समेत खोजपूर्ण विश्लेषण गरिएको छ ।
वंशावली खण्डमा घिमिरेहरुको मूल पुर्खाहरुको वंशको विवरण दिइएको छ भने मकैसिङमा लमजुङबाट आएका घिमिरेहरुको पुस्तौली र पितापुर्खाको उल्लेख गरी त्यसपछिका घिमिरेहरुको पितापुर्खाको विवरण राखिएको छ । प्रस्तुत वंशावलीमा श्री रञ्जन घिमिरेले परम्परागत वंशावली लेखन र प्रकाशनको पद्धतिलाई मात्रै नअँगालिई मातृशक्तिको महत्तालाई बोध गरी उहाँहरूलाई समेत सम्मान गर्दै छोरी–बुहारीलाई समेत वंशावलीमा समेट्नुभएको छ । यस सन्दर्भमा स्रष्टा रञ्जन घिमिरे भन्नुहुुन्छ— ‘वंशावली भन्नेबित्तिकै हाम्रो समाजले पुरुषको मात्रै आधिपत्य रहेको र उनीहरूकै अर्को पुरुष सन्तानको पुस्तान्तरण ठान्ने गरेको महसुस भइरहेको सन्दर्भमा केही वंशावली लेखन र प्रकाशन गर्ने संस्था तथा अनुसन्धानकर्ताले महिलालाई पनि पुरुषसरहकै स्थान दिन थालेको सन्दर्भमा मैले यस वंशावलीमा बुहारीहरूको पूर्व थर र छोरीहरूको विवाहितको हकमा यथासम्भव बिहेपछिको थर उल्लेख गरी समावेश गर्ने प्रयास गरेको छु ।’