नेपालमा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या १४ पुग्यो

नेपालमा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौ :  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९)को स‌ंक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १४ पुगेको छ। कोरोना संक्रमणका कारण पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका स्याङ्जा वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० वर्षीय पुरुषको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यसअघि नेपालमा १३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ।