चितवनमा दुइजना चिकित्सक सहित २० जनामा कोरोना पोजिटिभ पुष्टि। अन्य स्वाबको रिपोर्ट आउन बाकी

चितवनमा दुइजना चिकित्सक सहित २० जनामा कोरोना पोजिटिभ पुष्टि। अन्य स्वाबको रिपोर्ट आउन बाकी

कुरिनटार- चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण  पोजिटिभ देखिएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पताल  जानकारी दिएको छ ।

परिक्षणमा कोरोना पोजिटिभ देखिएकामध्ये १७ जना चितवनका हुन् भने तीन जना नवलपरासीका हुन् । कोरोना संक्रमितमध्ये दुई जना चिकित्सक पनि छन् । उनीहरु भरतपुरको एक निजी अस्पतालमा काम गर्ने चिकित्सक भएको जनाइएको छ।

संक्रमित मध्ये अधिकांश माडी र भरतपुर महानगरपालिकाका छन् । आइतवार करीव ३ सय जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा कतिपय स्वाबको परीक्षण बाँकी नै रहेकोले संक्रमित संख्या अझ थपिने अनुमान गरिएको  छ ।