रुपन्देहीको तिलोत्तमामा पाँच जनाको सामूहिक हत्या

बुटवल : मंगलबार विहान रुपन्देहीको तिलोत्तमा नगरपालिका १० कान्छीबजारमा पाँच जनाको सामूहिक हत्या भएको छ ।मैनहवामा कृष्ण पुनले सञ्चालन गरेको भैंसी फार्ममा काम गर्नेहरुको सामूहिक हत्या भएको प्रहरीले बताएको छ ।
फार्म नजिकै बेहोस अवस्थामा रहेका झपेन्द्र सिजालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिंजालीलाई अस्पताल पठाइएको छ । प्रहरी चौकी मंगलापुरबाट पुगेको प्रहरी टोलीले मुचुल्का उठाउने काम गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट एपीसहितको टोली पनि घटनास्थल पुगेको छ ।
