गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पोजिटिभ पुष्टि

काठमाडौँ : मंगलबार गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस (कोभिड–१९ )को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा १२ सङ्क्रमित फेला परेका छन् ।
उनीहरु ४० देखि १८ वर्ष उमेर समूहका पुरुषा रहेका छन् ।
बाग्लुङ बरेङ गाउँपालिकामा ८ जना र निसीखोला गाउँपालिकामा ४ जना पुरुषमा पनि कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या १ सय ४४ पुगेको छ ।
म्यादीको बेनी नगरपालिकाका ४६ वर्षीय एक पुरुषमा पनि कोरोना देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
