क्वारेन्टाइनको सरसामान लिएर ४० जना फरार

क्वारेन्टाइनको सरसामान लिएर ४० जना फरार

महोत्तरीमा  क्वारेन्टिनबाट  सरसामान सहित ४० जना फरार भएका छन् । महोत्तरीको सम्सी गाउँपालिकास्थित क्वारेन्टाइन बाट उनिहरु फरार भएका हुन

भारतका विभिन्न शहरबाट आएर  १४–१५  दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टिनमा बस्दै आएका ४५ मध्येका उनीहरु क्वारेन्टिनमा आफूहरुलाई दिइएको सरसामान लिएर भागेको क्वारेन्टिन इञ्चार्ज सुनिलकुमार यादवले बताए ।

उनीहरु छिमेकी गैंढा, भेंटपुर, पोखरभिण्डा, संग्रामपुर र सम्सी गाउँका हुन् ।  उनीहरु क्वारेन्टिनबाट भागेको जानकारी लिखित रुपमै गाउँपालिका, वडा कार्यालय र प्रहरीचौकी  दिइसकिएको भए पनि अहिलेसम्म खोज्न कुनै पहल नभएको यादवले बताए ।