मानव जातिको विकास (कैलाश कोइराला)

मानव जातिको विकास (कैलाश कोइराला)

पृथ्वी दुई अर्ब बर्ष जति पुरानो हुनुपर्छ । जीवहरु केही करोड वर्ष पुरानो होलान्। मानिसको उत्पत्तिलाई अधिकतम दश लाख बर्षसम्म मान्न सकिन्छ । यसबिचमा मानवसगँ कतै विश्व बनाउने खालको मन पाइँदैन। विश्व बनाउने खालको मन केवल दुई हजार वर्षअघिका दार्शनिकहरुको बौलाहापनबाट जन्मिएको हो। दुई अर्ब वर्षदेखि केही लाख अघिवर्षसम्म कुनै किसिमको मनको अत्तोपत्तो थिएन तर भौतिक तत्त्व विद्ममान थियो । सिङ्गै विज्ञान र भूगर्भशास्त्र एवम् विकास सिद्धान्तले के भन्दछ भने भौतिक तत्त्वहरु प्राणीभन्दा अघि थिए । प्राणीहरु त पछिको परिस्थितिका सृष्टि हुन् । मन भने प्राणीको पनि पछिल्लो अवस्थामा सिर्जना भएको हो। मन भौतिक तत्त्वहरुको सृष्टि हो। सृष्टि हुनुको अर्थ मन भौतिक तत्त्व हो भनिएको ठान्नु हुँदैन ।

भौतिकतत्व हरु सधै फेरिरहन्छ त्यसबाट परिस्थितिमा गडबडी, अन्तरविरोध वा द्वन्द सुरु हुन्छ र त्यसैवाट द्वन्द्वात्मक परिवर्तन अर्थात् गुणात्मक परिवर्तन हुन्छ । गुणात्मक परिवर्तनले हाम्रासामु एउटा नयाँ वस्तु उपस्थित गरिदिन्छ । यसैले मन भौतिक तत्त्वबाट उत्पन्न भएको हो । भौतिक तत्त्व चाहिँ होइन। यसैले मानिसमा असम्भव भन्ने शब्द नै बिस्तारै हटदै गयो। मनबाट नै माया सिर्जना भएको हो । घृणा, आवेग सबै मनवाट सि,र्जित भएका हुन्।यसका बारेमा वेदमा पनि भनिएको छ । सापक्षेता र द्वन्द्वको बारेमा, वेदमा लेखिएको छद। द्वन्द्व प्रदान गर्ने चिज नै ूमायाू भनिएको छ । योगि परमाहन्द योगन्दका अनुसार न्युटनको गति सिद्धान्त नै मायामा आधारित छ। प्रत्येक क्रियाका लागि दुई पिण्ड परस्पर विरोधि दिशामा लक्षित हुन्छन् । परस्पर विरोधले नै सन्तुलित कायम गर्छ। एक शक्ति हुनु असम्भव छ। विद्युतीय शक्ति पनि आकर्षण र विकर्षणबाट निमार्ण भएको छ । गतिको सिद्धान्त नै माया हो । भौतिक विज्ञानको प्रयोग र अनुसन्धान सृष्टि र प्रकृतिभन्दा बाहिर भएको छैन । भौतिक विज्ञान मायाको बाहिरी दुनियाँको नियमको सूत्र होइन । ज्वारभाटा, उत्थान, पतन, दिन,रात, राम्रो, नराम्रो, दुख–सुख, जीवन,मृत्यु। जो मायामा लिप्त रहन्छन्, तिनलाई यो सब मान्नुपर्छ । प्राचिन ऋषिमुनिहरुको भनाइ छ । छलकपटमा नै माया रहिरहन्छ र पुजिरहन्छ।

युक्लिङसको भन्दा पनि अझ शुद्ध गणित लोवाचेस्की र रिमानले ज्यामितिको आविष्कार गरे।यसैले पहिलो गएपछि दोस्रो आउने पालो रहेसम्म प्रतिस्पर्धाको अन्य कहिले छैन । यसको अधिकतम प्रयोग टोल, वन, स्कुल, संस्थामा यो सिद्धान्तको नवीनतम प्रयोग गरेका छौँ। अब यसको प्रयोग घरभित्रको प्रमुख चुन्नलाई गर्न बाँकी छ। वर्तमान अवस्थामा विश्व कोरानाबाट भयभित भएको छ ।यसको प्रभाव हाम्रो जस्तो अल्पविकसित मुलुकमा नियोजित रूपमा पर्नु कुनै अनौठो होइन। यसै समयमा भारतको राजस्थानमा एक किसिमको किराले सताइरहेको छ । वनस्पतिशास्त्री रहरु भनिरहेका छन् यो किरा नेपाल प्रवेश गर्यो भने पाँचसात दिनमा नेपालको पुरै वनस्पति सखाप पारिदिन सक्छ। भोकमरीको अवस्था सिर्जना हुन सक्छ। त्यो कोरानाको भन्दा भयावह हुन सक्छ। यता भने राज्य कोरनाको बहानामा आर्थिक रूपमा एउटा वर्गीय समाजको निमार्ण गर्दै छ। डा। सञ्जीव उप्रेती लेखछन् व्यक्तिले सोच्छ, मैले सोचेका सबै कुरा मेरै आत्मानिर्णय मार्फत सिर्जित विचार हुन् तर वास्तवमा उसको विचार केटाकेटी हुँदादेखि नै चलिरहेको सामाजिकीकरणका प्रतिक्रिया र उक्त प्रक्रियाको दौरानमा आन्तरिकीकरण गरिएका वैचारिकिी मार्फत उत्पन्न भएका हो । यस परिवेशमा प्रसिद्ध साहित्यकार रविन्दनाथ टैगोरको प्रार्थना याद आउँछ जाहाँ हमारे मन मे डर नहीँ, जहाँ हम शर उँचा कर के चल सके, जाहाँ जान मुक्त हो, जाहाँ विश्वकी छोटी,छोटी दिवारोँ मे ना वँटर हो, प्रशिक्षण के लिए सदा इच्छुक हो, जाहाँ हम विना डर के अप्ने विचार व्यक्त कर सके मेरा देशका ईश्वर स्थान पर ले जाना ।