इच्छाकामनाका चेपाङ र विपन्न परिवारलाई जनसम्पर्क समिति बेलायतको राहत

इच्छाकामनाका चेपाङ र विपन्न परिवारलाई जनसम्पर्क समिति बेलायतको राहत

चितवन  :  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) को संक्रमण रोकथामका लागि सरकारले लागु गरेको बन्दाबन्दीका कारण भान्सामा चूल्हो बाल्न गाह्रो भएका इच्छाकामनाका चेपाङ र विपन्न परिवारहरुलाई नेपाली जनसम्पर्क समिति बेलायतले राहत वितरण गरेको छ ।जनसम्पर्क समिति बेलायतका सभापति यूवराज गुरुङको सक्रियतामा समितिका सुभचिन्तक तथा सहयोगीहरुहरुबाट संकलन गरि केन्द्रिय सदस्य निय अधिकारीको संयोजनमा हरेक परिवारलाई ३० केजीका एक बोरा चामल वितरण गरिएको हो । खाद्य संकटमा रहेका उक्त चेपाङ समुदायलाई राहत स्वरुप २ सय बोरा चामल वितरण गरिएको वडा नम्बर ४ कुरिनटारका स्थानीय समेत रहनुभएका एनआरएनए अभियन्ता एवं नेपाली जनसम्पर्क समिति बेलायतका केन्द्रियसभाका सदस्य विनय अधिकारीले जानकारी दिनुभयो । बुधबार र बिहिबार विपन्न चेपाङ परिवारका लागि टोलटोलमै पुगेर राहत वितरण गरिएको हो अभियनता विनय अधिकारीले गाउँको स्थलगत भ्रमणगरी समस्या बुझेर राहत वितरण गरिएको बताउनुभयो ।
चामलको बोरा पाएपछि चेपाङहरु खुसी भएका थिए । गाँउमा अनिकाल सुरु भएको बताउँदै राहतमा पाएको चामलले परिवारमा छान टार्न पाएको भन्दै खुशी व्यक्त गरेका थिए । इच्छाकामना गाउँपालिकासँगको समन्वयमा वडा नम्बर २ का मायाटार, भोर्ले, डाँडागाउँ, तेर्से, ल्याम्दार, रमाइलोडाँडा तथा वडा नम्बर ४ का मडकिना, गैरीगाउँ, खैरेनीटारलगायतका क्षेत्रका २ सय भन्दा बढी चेपाङ परिवारहरुलाई राहत वितरण गरिएको हो ।

अध्यक्ष गीता कुमारी गुरुङले चेपाङको बाहुल्यताको रहेको यस गाउँपालिकामा दैनिक मजदुर गरि जिवन निर्वाह गर्दै आएकोमा बन्दाबन्दीका कारण समस्यमा पर्दा सहयोगी हात बढाएकोमा जनसम्पर्क समिति बेलायतलाई धन्यवाद दिनुभयो । उहाँका अनुसार यहाँ दैनिक ज्यालादारी मजदुरी गर्नेहरु समस्यामा छन । अध्यक्ष गुरुङले गाउँपालिकाको सबै ठाउँमा एक चरणको राहत पु¥याइएको बताउनुभयो । इच्छाकामनाको वडा नम्बर २ चेपाङ बाहुल्य वडा हो । ५ हजार ५ सय भन्दा बढी जनसंख्या रहेको वडामा ३ हजार ८ सय भन्दा बढी चेपाङ छन् । ८ सय घरधुरी मध्ये ९५ प्रतिशतलाई राहत आवश्यक छ । वडाध्यक्ष पञ्चबहादुर चेपाङले ९५ प्रतिशत परिवार अतिविपन्न तथा सिमान्तकृत वर्ग रहेको क्षेत्रमा प्राप्त राहतले स्थानीयबासी लाभान्वित भएकोबताउनुभयो । गाउँपालिका प्रवक्ता सावित्री गुरुङले तुलानात्मक रुपमा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदायलाई गाउँपालिकाले प्राथमिकताका साथ राहत वितरण गरिएको बताउनुभयो । कोरोना भाइरसको महामारीको सामना गर्नका लागि लागि सबै एकहुनुपर्ने बताउँदै सहयोगी हात बढाएकोमा प्रवक्ता गुरुङले जनसम्पर्क समिति बेलायतलाई धन्यवाद दिनुभयो ।