मुग्लिन नजिकै ट्रक दुर्घटना हुदाँ चालकको मृत्यु

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना ५ स्थित तीन नम्बर पुलबाट आज बिहान ट्रक खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं १६ का ३२ वर्षीय विजय रुम्बा रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर अस्पतालमा उपचारका क्रममा रुम्बाको मृत्यु भएको हो ।
शुक्रबार विहान मुग्लिनबाट नारायणगढ तर्फ जादैँ जादैँ गरेको ना८ख ५२०० नंको ट्रक अनियन्त्रित भई तीन नम्बर पुलबाट करिब ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले उद्धार गरि उपचारका लागि भरतपुर अस्पताल पठाइएको थियो ।
