नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुग्यो

काठमाडौं : नेपालमा आज थप ४ सय २५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४ सय २५ जनासहित देशैभर कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ९ सय ७४ जना उपचारपछि घर फर्किएका छन् भने ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।