एम.सी.सी. पासगर्न पर्ने पक्षमा कांग्रेस प्रबक्ता बिश्व प्रकाश शर्मा

एम.सी.सी. पासगर्न पर्ने पक्षमा कांग्रेस प्रबक्ता बिश्व प्रकाश शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमसीसी पास गनपर्ने आसयको अभिव्यक्ति दिनु भएको छ। एमसिसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार भएको उहाले बताउनु भएको हो  ।

झापामा कांग्रेसले आइतबार  आयोजना गरेको कार्यक्रममा उहाँले एमसीसी पारित भए अमेरिकी सेना नेपाल पस्छ भन्ने हल्ला निराधार भएकाे बताउनुभयो । प्रवक्ता शर्माले भन्नुभयो, “अमेरिकाले विश्वका कुनै पनि मुलुकमा अनुमति मागेर प्रवेश गरेको छैन, इराकमा पनि अनुमति लिएर प्रवेश गरेको होइन । अमेरिकी सेना पस्ने हल्ला निराधार हो ।”

सुनेको भरमा टिप्पणी गर्ने प्रचलनले एमसीसी गलत हो भन्ने आमजनधारणा बनेको उहाँको भनाइ थियो । “अक्षरशः पढ्नुस्, अनि एमसीसी सम्झौता कार्यान्वयनका बारे धारणा बनाउनुस्, यो राष्ट्रिय हितमा भए हितमा छ भन्नुस्, नभए छैन भन्नुहोस्”, उहाँले भन्नुभयो, “सुनेको भरमा धारणा बनाउनु हुँदैन ।”

मुलुकको विद्युत् प्रसारण लाइन विस्तार, उत्पादित बिजुली बिक्री–वितरणका लागि एमसीसी परियोजना लाभदायी हुने उहाँको भनाइ थियो ।