बागमती प्रदेशद्वारा २०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट सर्वाजनिक

बागमती प्रदेशद्वारा २०७७/७८ का लागि  ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट सर्वाजनिक

चितवन : आगामी आर्थिक वर्ष २०७७र७८ का लागि बागमती प्रदेश सरकारले ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात् ५१।१२ प्रतिशत विनियोजन गरिएको छ । त्यस्तै, पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार अर्थात् ४८।८८ प्रतिशत बजेट विनियोजन भएको छ ।

मन्त्री ढुंगेलले सार्वजनिक गरेको बजेटमा कोरोना संक्रमित उपचार सेवामा प्रदेशका १३ वटै जिल्लामा उच्चस्तरी कोरोना अस्पतालको स्थापना, प्रयोगशाला र दक्ष चिकित्स जनशक्ति उपलब्ध गराउने विषयमा उच्च प्राथमिकता दिइने उल्लेख छ ।

उक्त बजेटमा कृषीको उत्पादन, पशुपालन, बाझो जग्गामा सामुहिक खेती गर्ने अभियान र प्रदेशको मुख्यमुख्य शहरमा औद्योगिक क्षेत्रको विस्तार गर्ने योजनालाई प्राथमिकता दिएको छ ।