चीन र भारतको सीमामा झडप, एक अफिसर सहित तीन भारतीय सेनाको मृत्यु

चीन र भारतको सीमामा झडप, एक अफिसर सहित तीन भारतीय सेनाको मृत्यु

इच्छाखबर डेस्क
कुरिनटार  :  गएराती भारत र चीनको सीमा गलवान घाँटी भएको सैनिक हरुको हिम्स्रक झडपमा एक जना कमाण्डर सहित तीन जना भारतिय सेनाको ज्यान गएको छ ।डेढ महिना अघि देखि चीन र भारतबिच सिमा बिबादबारे सैनिक अधिकारीबिच बैठक जारी रहेको अवस्थामा हिंस्रक झडप भएको हो। भारतले झण्डै ४० कि.मि.आफ्नो सीमा चीनले मिचेको आरोप लगाउदै आएको थियो।

मिचिएको भनिएको सीमा क्षेत्रमा भारत र चीनका सेनाबिच बिना हतियार झडप हुँदै आइरहेको थियो। त्यसै क्रममा चिनियाँ जनमुक्ति सेनालाई भारतीय सेनाले पछाडि धकल्ने क्रममा भएको झडप हिंसात्मक भएको भारतीय मिडियाले जनाएका छन ।

चीन र भारतको सेना बिचको झडपमा सैनिकले ज्यान गुमाएको यो ४५ बर्ष पछि को घटना हो।