नेकपा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङद्वारा राहत वितरण

इच्छाकामना : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का जिल्ला सचिवालय सदस्य तथा इच्छाकामना गाउँकमिटिका इन्चार्ज प्रताप गुरुङले बन्दाबन्दीका कारण अफ्ठ्यारो स्थितिमा पुगेका मुग्लिनका ५० घर परिवारलाई राहत वितरण गर्नुभएको छ ।गुरुङले मंगलबार उपलब्ध गराउनुभएको ४२ हजार ७ सय ५० रुपैयाँ बराबरको चामल ,तेल र नुन नेकपा जिल्ला सदस्य तथा इच्छाकामना गाउँपालिका सह–इन्चार्ज जुनाराज भण्डारी, नेकपा इच्छाकामना गाउँकमिटी सदस्य सम्झना खड्का सिलवाल र मुग्लिनका यूवाहरुले वितरण गरेका हुन् ।
उहाँले द्धन्द्धपीडितको आफ्नो नाममा प्रदेशबाट प्राप्त रु १२ हजार सहित ४२ हजार ७ सय ५० को राहत वितरण गर्नुभएको हो ।
माझगाँउ माबिमा अध्यापन गराइरहनुभएका गुरुङलाई तत्कालिन नेकपा माओवादीले संचालन गरेको जनयुद्धको समयमा गिरफ्तार गरि चितवन कारागारमा राखिएको थियो । उहाँ २०५८ साल चैत १४ गते गिरफ्तार भई २०६० असार महिनामा रिहा हुनुभएको थियो । गिरफ्तारसंगै शारिरिक यातना समेत दिइएको थियो । जेलबाट रिहा भएपछि शिक्षक पेशा परित्याग गरि तत्कालिन नेकपा माओवादीमा पूर्णकालिनरुपमा आवद्ध भइ शसस्त्र जनयुद्धमा सामेल हुनुभएको थियो ।
