एक तर्फि सञ्चालनमा आएको मुग्लिन/नारायणगढ बर्षा पछि सडक पुन अवरुद्ध

एक तर्फि सञ्चालनमा आएको मुग्लिन/नारायणगढ बर्षा पछि सडक पुन अवरुद्ध

असार – ३, कुरिनटार ।।  पहिरोका कारण बिहानै देखि अवरुद्ध मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा सुचारु भएको छ। आज बिहान सवा ४ बजे तिर इच्छाकामना ६ चारकिलो डाडामा गएको पहिरो १५ घण्टा लगाएर हटाएर साझ ६:४५ बजे देखि एकतर्फी रुपमा सुचारु भएको हो।
पहिरोका कारण बिहानै देखि राजमार्ग दुइतर्फी रुपमा अवरुद्ध भएको थियो। अवरुद्ध राजमार्ग खुलाउनका लागि ५ वटा मेसिन प्रयोग गरिएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।