दुई समाजसेवीले गरे इच्छाकामना तीन सिस्नेरिमा राहात वितरण

दुई समाजसेवीले गरे इच्छाकामना तीन सिस्नेरिमा राहात वितरण

इच्छाकामना गाउँपालिका ३ सिस्नेरीमा दुई समाजसेवीले राहात वितरण गरेका छन।

कोभिड १९ कोरोना भाइरसको कारण दैनिक जिविकोपार्जन गर्न अप्ठेरो अवस्थामा भएको जनतालाइ कुरिनघाटका स्थानिय समाजसेवि दिपक खनाल तथा नर्सिङटार निवासी नेपाली कांग्रेसका युवा नेता तथा नर्सिङटार टोल सुधार समितिका अध्यक्ष बिष्णुहरी पौडेलको आर्थिक सहयोगमा २१ घर अप्ठेरोमा परेका परिवारलाइ प्रती परिवार एक एक बोरा चामल एक एक पोका नुनर तेल सहयोग हस्तान्तरण भएको छ।

गाउँपालिका प्रमुख र उपप्रमुखको सल्लाहमा आफुरुले अप्ठ्यारोमा परेको परिवारलाई राहात वितरण गरिएको समाजसेवी दिपक खनालले बताउनु भएको छ।