विनोद वग्दासको संयोजनमा प्रयास नेपाल र अगापे नेपालद्वारा राहत वितरण

विनोद वग्दासको संयोजनमा प्रयास नेपाल र अगापे नेपालद्वारा राहत वितरण

इच्छाकामना :  चितवनको इच्छाकामना ६ कुयलघारीका ३५ घरपरिवारलाई राहत वितरण गरिएएको छ । प्रयास नेपाल ललितपुर र अगापे नेपाल चितवनको आर्थिक सहयोगमा मुग्लिङ चर्चका एल्डर बिनोद बाग्दासले लकडाउनका कारण विहान बेलुका छाक टार्न मुश्किल भएका विपन्न परिवारलाई राहत वितरण गरिएको हो । कुयलघारीका दलित जनजाती र चेपाङ गरि ३५  परिवारलाई गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुको उपस्थितिमा ३० केजि चामल, २ केजि दाल, १ लिटर तेल र १ पोका नुन वितरण गरिएको गा.पा प्रमुख गुरुङ ले इच्छा खवर लाइ बताउनु भयो ।