झरी (कविता)

झरी झन झन चर्कि चर्कि बर्षिन्छ घरिघरि
बादलपारीको मेरी परी लुकामारी खेल्न आए झैँ वरिपरि
छिन छिनमा किन यो रुवाबासी कालोम्मे गगनमा झन कालो पोती
निर्थुक्क भिजेका बैश बोकी बित्थामा गछौँ कति यताउति
झरी झन झन चर्कि चर्कि बषिन्छ घरिघरि
बादलपारीको मेरी परी लुकामारी खेल्न आए झैँ वरिपरि
घायल कायल रहरको रहमा उम्लाई राखेर बुँद बुँदको यो प्यास
बर्षो एकनाससँग बाधी राखेको साईनोभरी जोगाउ कति यो सास
झरी झन झन चर्कि चर्कि बषिन्छ घरिघरि
बादलपारीको मेरी परी लुकामारी खेल्न आए झैँ वरिपरि
नील गगनमा मदहोस यो तनमा तिम्रो न्यानो स्पर्शको यो पदचाप
जोबनभरि जोगाइ राखेको जोश भरि आउन आउन तिमि चुपचाप
झरी झन झन चर्कि चर्कि बषिन्छ घरिघरि
बादलपारीको मेरी परी लुकामारी खेल्न आए झैँ वरिपरि
निस्लोट सँग निदाएका मेरा अर्धमुर्छित चान झन झन बढाई
यो कस्तो प्यास हो, यो कस्तो आश हो बिना प्यालाको नसा चढाई
झरी झन झन चर्कि चर्कि बषिन्छ घरिघरि
बादलपारीको मेरी परी लुकामारी खेल्न आए झैँ वरिपरि ।
रोजि हिडु कता, खोजी हिडू कता यो दर्के झरी बाधा छ यता
मन्द महक, चर्को चहक पस्की किन प्यास बढाउछौ कबिता
झरी झन झन चर्कि चर्कि बषिन्छ घरिघरि
बादलपारीको मेरी परी लुकामारी खेल्न आए झैँ वरिपरि ।
लेखक सामाजिक अभियान्ता राम बहादुर लामा
इच्छाकामना गा.पा वाड नं. ५ चितवन
