मेरो प्रश्न बालाई (कविता)

मेरो प्रश्न बालाई (कविता)


मेरो प्रश्न बालाई
५५ बर्ष औँ का मेरो बा
५० औँ बर्ष त काम गर्दा गर्दै बितिसके छ
अझै पनि काम सकिएको छैन

मेरो बा हजुरलाई अझै पनि थकाई लागेको छैन रु
एकैछिन कलम चलाउँदा दुख्ने मेरो औँलाहरू
मेरो बा का कैयौँ बर्षहरू हँसिया करौँति चलाउँदै बितिसके छ
अझै पनि हसियाँ करौँति चलाउन सकिएको छैन

मेरो प्रश्न बालाई

मेरो बा हजुरको अझै पनि औँलाहरू दुखेको छैन
अलिकति उकालि चढ्दा हिँड्न नसकेका मेरा खुट्टाहरू
मेरो बा का आधि बढि उमेरले उकालि ओरालि हिँडिसके छ
अझै पनि हिँड्न सकिएको छैन

मेरो प्रश्न बालाई

मेरो बा हजुरको अझै पनि खुट्टाहरू गलेको छैन ?
फेसन अनुसारको लुगा फेरेको मेरो शरिरले
मेरो बा का एक दशक एउटै लुगाले टरिसके छ
अझै पनि त्यो पुरानो लुगा फेर्न सकिएको छैन

मेरो प्रश्न बालाई

मेरो बा हजुरलाई अझै पनि नयाँ लुगा लाउन मन छैन ?

 

उमेश सेडाई
सिद्लेख गा.पा वाड नं. ६ धादिङ