जंगली च्याउ खाँदा ५ जना बिरामी

जंगली च्याउ खाँदा ५ जना बिरामी

दाङ :  जंगली च्याउको तरकारी खाँदा दाङको तुलसीपुरमा ५ जना बिरामी भएका छन् ।बिरामी हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ गहतेखोलाका ६९ वर्षीय सत्य पुन, उहाँकी श्रीमती ६१ वर्षीया मैती पुन, तुलसीपुर –५ निवासी छोरी भोला पुन, नातिहरु ११ वर्षीया विशाल पुन र १५ वर्षीय लित पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ ।

अस्पतालका अनुसार सत्य पुनकी श्रीमती मैती पुनको अवस्था गम्भीर छ । उनीहरुले वनबाट ल्याएको च्याउ आइतबार साँझ पकाएर खाएका थिए ।