बाढी आउने सम्भावना रहेका चितवन र गोरखा सहित १७ जिल्लामा ‘हाइअलर्ट

बाढी आउने सम्भावना रहेका चितवन र गोरखा सहित १७ जिल्लामा ‘हाइअलर्ट

काठमाडौं, ८ असार । काठमाडौं उपत्यकासहित १७ जिल्लामा बाढी आउने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले हाइअलर्ट रहन आग्रह गरेको छ ।

एक सूचना जारी गर्दै नेपाल बाढी सूचनाले ससाना खोलारुमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपाससम्म पुग्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कताका लागि अनुरोध गरेको हो ।

सूचनामा भनिएको छ, ‘हाल सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, सिन्धुली, का।उपत्यका चितवन, गोरखा, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ,अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङजा, दाङ, बर्दिया र आसपास केहि स्थानमा मध्ययम देखि भारी बर्षा भईरहेको, उक्त जिल्ला भई बहने ससाना खोलाहरुमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास सम्म पुग्न सक्ने संभावना रहेकोले तटिय क्षेत्रमा सतर्कता को लागि अनुरोध ।’

आगामी दिनदिनसम्म नदीहरुमा पानीको बहाव बढ्ने भएकाले सतर्क रहनसमेत अनुरोध गरेको छ । आज बागमती, नारायणी, पश्चिम राप्ती, बबईका ससाना सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब पनि हुनसक्ने जनाएको छ ।